Global Force Media

२०८१ बैशाख १३ - Thu Apr, 2024 -

मनिषादेखि राजेश हमालसम्मले हेरे ‘ह्यारी कि प्यारी’

मनिषादेखि राजेश हमालसम्मले हेरे ‘ह्यारी कि प्यारी’

काठमाडौँ – जितु नेपाल र साम्राज्ञीराज्य लक्ष्मी शाहको अभिनय रहेको फिल्म ‘ह्यारी कि प्यारी’ मनिषा कोइरालाले हेरेकी छिन् । शुक्रबार साँझ दरबारमार्गस्थित दरबार सिनेमा हलमा उनले अन्य थुप्रै सेलिब्रेटीसँग फिल्म हेरेकी हुन् । सोही समयमा अभिनेता राजेश हमाल, करिष्मा मानन्धर, भुवन चन्द, बसुन्धरा भुसाल, सम्झना उप्रेती रौनियार आदिले पनि फिल्म हेरेका थिए ।

मनिषाले फिल्म राम्रो लागेको बताउँदै निर्देशकको प्रशंसा गरेकी थिइन् । ‘डाक्टर भएर पनि उहाँको फिल्मप्रतिको रुचि देखेर रमाइलो लाग्यो । उहाँलाई सोधेँ पनि । जेहास् फिल्म राम्रो छ,’ उनले भनिन् ।श्रीमती मधु भट्टराईसँगै फिल्म हेर्न आएका अभिनेता राजेश हमालले फिल्मलाई अनौठो र रोचक लभस्टोरीको रुपमा लिएको बताएका थिए ।

‘फिल्मको सुरुमा प्लट विकसित हुन समय लाग्छ । तर समातेपछि भने फिल्म इन्टेन्स छ,’ उनले भने । हमालले भोला रिजालले बनाएका लगभग सबै फिल्ममा काम गरेकाले कसरी छुटेँ भन्ने लागेको बताउँदै फिल्मभित्र राखिएको पोस्टरमै सही अटाएको उल्लेख गरेका थिए । फिल्मभित्र राजेश हमाल अभीनित दुई फिल्म ‘एक नम्बरको पाखे’ र ‘साथी’को पोस्टर देखिन्छ । करिष्मा मानन्धरले पनि विषयवस्तु राम्रो लागेको बताउँदै समग्रमा फिल्म मनोरञ्जक रहेको प्रतिक्रिया दिएकी थिइन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np