Global Force Media

२०८१ मंसिर २७ - Thu Dec, 2024 -

उर्जामन्त्री र युरोपियन युनियन राजदूतबीच भेटवार्ता

उर्जामन्त्री र युरोपियन युनियन राजदूतबीच भेटवार्ता

२७ माघ, काठमाडौं । उपप्रधानमन्त्री एवं उर्जा जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङ्देन र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको छ ।

बिहीबार मन्त्रालय पुगेकी डिप्रेजले नविकरणीय उर्जा क्षेत्रमा पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गरिन् ।

उपप्रधानमन्त्री लिङ्देनले विद्युत उत्पादन, प्रशारण र बजारिकरणलाई प्राथमिकतामा राखेर आफूले काम गर्न चाहिरहेको उल्लेख गर्दै हरीत ग्यास उत्पादनको विषयमा पनि गृहकार्य भइरहेको बताए ।

हरित ग्यास उत्पादनको सम्भाव्यता अध्ययन र नीति निर्माणमा छलफलमा रहेको बताउँदै लिङ्देनले भने, ‘निजी लगानीकर्तासँग सहकार्य गर्ने विषयमा समेत छलफल भइरहेको छ ।’

छिमेकी राष्ट्रलाई विद्युत निर्यात गर्ने विषयमा राजदूत डिप्रेजको जिज्ञासामा उपप्रधानमन्त्री लिङ्देनले बंगलादेशसँगको सम्झौता प्रक्रियामा रहेको बताउँदै भविष्यमा ठूलो मात्रामा विद्युत निर्यात गर्ने गरी व्यापार सम्झौता हुने बताए।

उपप्रधानमन्त्री लिङ्देनले अन्तरदेशीय प्रशारण ट्रान्समिसन लाइन र अन्य विदेशी मुलुकसँगको व्यापारका लागि समानान्तर रुपले ट्रान्समिसन लाइन विस्तार गरिने बताए । लिङ्देन र राजदूत नोनाबीच आपसी सहयोग र चासोका विविध विषयमा समेत छलफल भएको उर्जामन्त्रीका प्रेस संयोजक रञ्जित प्रसाईंले बताए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np