Global Force Media

२०८१ बैशाख १३ - Thu Apr, 2024 -

बालाजु क्षेत्र तनावग्रस्त, प्रहरीका दुई गाडीसहित अस्थायी प्रहरी बिटमा आक्रमण

बालाजु क्षेत्र तनावग्रस्त, प्रहरीका दुई गाडीसहित अस्थायी प्रहरी बिटमा आक्रमण

काठमाडौँ । बालाजु क्षेत्र तनावग्रस्त बनेको छ ।​ आन्दोलनरत यातायात मजदुरले बालाजुमा प्रहरीका दुई वटा भ्यान जलाएका छन् ।

दिउँसोदेखि यस क्षेत्रमा आन्दोलनरत मजदुरले सडकमा टायर बाल्दै प्रदर्शन गरेका छन् । सोही क्रममा​ उनीहरूले प्रहरीका दुई वटा भ्यान जलाएका हुन् । प्रहरीविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका आन्दोलनकारीहरूले भर्खरै अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका छन् ।

ट्राफिक प्रहरीले लागू गरेको सवारी नियमविरुद्ध यातायात मजदुरले प्रदर्शन गरिरहेका हुन् ।

काठमाडौँ महानगरपालिका समेतको समन्वयमा बालाजु, माछापोखरीलगायतका स्थानमा पार्किङ गरिने सवारीसाधनलाई नयाँ बसपार्कमा लगेर मात्र पार्किङ गरिनुपर्ने नियम बनाइएपछि यातायात व्यवसायी र मजदुर आक्रोशित बनेका हुन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np