केन्द्रीय सदस्यमा निर्विरोध जलशा जिल्ला ईन्चार्ज बन्दै

केन्द्रीय सदस्यमा निर्विरोध जलशा जिल्ला ईन्चार्ज बन्दै
काठमाडौँ । अनेरास्ववियुको २३ राष्टिय महाधिवेशन काठमाडौँ मा आयोजना भई सम्पन्न भएको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले ५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीबाट पद तथा गोपनीयताको शपथ पनि खाई सकेका छन् ।
बिहान ८ बजेबाट प्रज्ञाप्रतिष्ठानको हलमा जारी मतदानमा महाधिबेशनमा सहभागी एक हजार ५ सय भन्दा बढी प्रतिनिधिहरुले भाग लिइरहेका थिए । बुधबार राती ९ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिए अनुसार १ सय ९९ पदका लागि सयौं अखिलका नेताहरुले उम्मेदवारी दर्ता गरेका थिए । जस मध्येकी एक हुन जलशा कुमारी वुढा । अखिल नेतृ वुढाले एकता प्रक्रिया (समायोजन) कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी थिइन । उनको कोटामा अन्य कुनै प्रतिष्पर्धीको उम्मेदवारी नपरेकोले पनर्वाचन कमिटीले हिजो राती नै निर्विरोध निर्वाचित भनेर घोषणा गरेको छ ।
जलशा अखिल क्रान्तीकारीको केन्द्रीयमा कार्यरत रहकै बेला गत बैशाखमा एमालेमा समाहित भएकी थिइन । उनी कालीकोट जिल्लाको पलाता गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवार बन्दै करिब १७ मत ल्याएर झिनो मतले पराजित भएकी थिइन । जलपरिका रुपमा समेत चिनिदै आएकी उनी एक निडर, हक्की र उच्च मनोवल भएकी सबै सँग मिल्न सक्ने एक आशालाग्दो युवा पनि हुन । यसैगरी अनेरास्ववियुको १७ पदाधिकारीका लापग झण्डै एक सय जनाले उम्मेद्वार बनेका छन १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटीका लागि ३ सय भन्दा बढीले उम्मेदवारी दिएका थिए । एक अध्यक्षका लागि ५ जना र महासचिवका लागि पनि पाँचै जना उम्मेदवार बनेका छन् । अध्यक्षमा आरसी लामिछाने, समिक बडाल, मोती विक, लोकेश निरौला र वाङ्छु योन्जन प्रतिस्पर्धामा थिए ।
त्यस्तै चारजना उपाध्यक्षका लागि १६ जना प्रतिस्पर्धामा थिए । यस्तै महासचिवमा नरेश रोकाय, सुदर्शन शिवाकोटी, कल्पना वाइबा, भाष्कर खनाल र उमेश आचार्यले उम्मेदवारी दिएका थिए । सबैभन्दा धेरै उम्मेदवार सचिवमा छन् । १० सचिवका लागि ६१ जना प्रतिस्पर्धामा रहेका थिए । यस्तै कोषाध्यक्षमा सुजन कार्की, प्रज्वल फुयाँल, प्रदीप जिसी र संगम अर्याल उम्मेदवार रहेका थिए । यि मध्ये निर्वाचित हुनेहरुमा
निर्वाचित पधाधिकारीहरु :
अध्यक्षस् : समिक वडाल
उपाध्यक्ष : गोविन्द गिरी
उपाध्यक्ष : धर्म गिरी
उपाध्यक्ष : नारायण घर्ती
उपाध्यक्ष : मर्यादा विष्ट
महासचिव : नरेश रोकाया
सचिब : सञ्जिव धिताल
सचिब : दिपक धामि
सचिब : डा।सुजन कडरिया
सचिब स् प्रकाश पौडेल
सचिब : दिपेश प्रसाईं
सचिब : अञ्जना सिवाकोटी
सचिब : आरति भट्टराई
सचिब : विनिता काफ्ले
कोषाध्यक्ष : संगम अर्याल