प्रधानमन्त्री प्रचण्डले भने : नयाँ राजनीतिक यात्रा सुरु भयो

प्रधानमन्त्री प्रचण्डले भने : नयाँ राजनीतिक यात्रा सुरु भयो
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय गरेसँगै नयाँ राजनीतिक यात्रा सुरु भएको बताएका छन् ।
प्रधानमन्त्री दाहालको प्रस्तावमा कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउने निर्णयसँगै दाहालले सो टिप्पणी गरेका हुन् । ‘प्रधानमन्त्रीले नयाँ राजनीतिक यात्रा सुरु भएको छ । हामीले जनताको चाहना अनुसार अघि बढौँ भन्नुभयो । हामी सत्ता समीकरणको बेलामा थप छलफल गरेर जाऊँ भनेर अपिल गर्नुभयो,’ नेकपा एसका उपमहासचिव प्रकाश ज्वालाले बैठकपछि भने ।
उनका अनुसार कांग्रेसलाई समर्थन जनाउने भनिए पनि उम्मेदवारको बारेमा भने कुनै निर्णय भएको छैन ।