कांग्रेस बैठक : नेताहरू सानेपा पुग्न सुरु, रामचन्द्र पौडेल पनि पुगे

कांग्रेस बैठक : नेताहरू सानेपा पुग्न सुरु, रामचन्द्र पौडेल पनि पुगे
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सहभागी हुन नेताहरू सानेपा पुग्न थालेका छन् । पार्टी कार्यालय सानेपामा अहिले केही बेरमा कार्यसम्पादन समितिको बैठक सुरु हुन गइरहेको छ ।
बैठकमा राष्ट्रपतिको उम्मेदवार चयन गर्नेबारे निर्णय हुने छ । वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने पार्टीको तयारी छ । नेता पौडेल पनि समयमै सानेपा पुगिसकेका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा पनि पुस १० पछि पहिलो पटक सानेपा पुगेका छन् ।
आठ दलीय गठबन्धनले राष्ट्रपतिमा कांग्रसलाई सघाउने निर्णय गरिसकेको छ ।