Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

राजनीति गर्ने भए फिल्डमा आउनुस्, संस्थानमा नगर्नुस्खा : नेपानी मन्त्री

राजनीति गर्ने भए फिल्डमा आउनुस्, संस्थानमा नगर्नुस्खा : नेपानी मन्त्री

काठमाडौँ । खानेपानीमन्त्री अब्दुल खानले खानेपानी संस्थानलाई राजनीतिको अखडा नबनाउन आग्रह गरेका छन् । नेपाल खानेपानी संस्थाको ३४ औं बार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले कर्मचारीलाई उचालेर राजनीति गर्दा संस्थामा चुनौती आएको भन्दै संस्थानलाई राजनीतिको अखडा नबनाउन आग्रह गरेका हुन् ।

उनले राजनीति गर्ने भए फिल्डमा आउन कर्मचारीलाई चुनौती दिए । उनले अनावश्यक राजनीति गरे संस्थालाई युनियनमुक्त बनाइदिने चेतावनी दिए । अहिले व्यक्तिगत स्वार्थका लागि नभएर सहज रुपमा खानेपानी सेवा उपलब्ध गराउनका लागि केन्द्रीत हुनुपर्ने उनले बताए । कर्मचारीको सेवा सुविधाका लागि विनियमावलीको फाइल अघि बढाउन निर्देशन दिएको र अघि बढेको भन्दै उनले अर्थमन्त्रालय र मन्त्रिपरिषदले स्वीकृत नगरे आन्दोलन गर्न सुझाव दिए ।

त्यस्तै उनले संस्थालाई दिएको कर्तव्य पुरा गरेमात्रै अधिकारका लागि आन्दोलन गर्न सुहाउने धारणा राखे ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np