Global Force Media

२०८१ बैशाख ४ - Tue Apr, 2024 -

दबाब सिर्जना गर्ने समूह बनाउँदैमा ऋण मिनाहा हुँदैन : डेपुटी गभर्नर मिश्र

दबाब सिर्जना गर्ने समूह बनाउँदैमा ऋण मिनाहा हुँदैन : डेपुटी गभर्नर मिश्र

काठमाडौं- नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्ने भन्दै दबाब समूह बनाउनु गलत भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै डेपुटी गभर्नर मिश्रले पछिल्लो समय बैंकको ब्याजदर,लघुवित्तको संस्थाका कर्मचारी माथि कालोमोसो दल्ने समूह बनाउने कामले समाज विभाजित गर्ने बताएका हुन् । उनले व्यवसायीहरूले बैंक वित्तीय संस्थाबाट लिएको कर्जा दबाब समूह बनाई कालोमोसो दल्ने जस्ता समूह बनाउँदैमा नतिरे पनि हुन्छ भन्ने परिकल्पना नगर्न आग्रह गरे ।

बैंक वित्तीय संस्थाहरूले लगाएको कर्जा बैंक तथा वित्तीय संस्थाहरूको रकम नभएर जनताको पैसा भएको उनकाे भनाइ छ । डेपुटी गभर्नर मिश्रले बैंक वित्तीय संस्थाबाट कर्जा लिनेहरूले कर्जा दिन्न भन्दा बैंकका निक्षेपकर्ताहरूले पैसा पाउन समस्या हुने बताए ।

उनले बैंक तथा वित्तीय संस्थाहरूलाई व्यवसायीहरूले कर्जा दिन ढिला हुने, ब्याजदरका विषयमा राष्ट्र बैंकले वित्तीय संस्थाहरूसँग छलफल गरी रहेको उल्लेख गरे । उनले व्यवसायीहरूको सम्पति बैंकहरूले लिलामी गर्न रोक्ने लगायतका विषयमा ऋणीहरूलाई बुझाउँदै आएको बताए ।

पछिल्लो समय लघुवित्त, ब्याजबारे बाहिर आइरहेका विषयमा जानकार रहेको उनकाे भनाइ छ ।

नेपाल राष्ट्र बैंकले मार्च महिनालाई डिजिटल पेमेन्ट महिनाका रूपमा घोषणा गरेको डेपुटी गभर्नर मिश्रले जिकिर गरे । उनले सन् २०२३ को वर्ष भरलाई डिजिटल पेमेन्टको वर्षका रूपमा लिएको बताए । उनले पछिल्लो समय डिजिटल बैंकको अवधारणा विश्वभर विकास भइरहेको जिकिर गरे । मिश्रले त्यसको लागि राष्ट्र बैंकले कानुनमा गर्नुपर्ने परिमार्जनका विषयमा काम गरिरहेको उल्लेख गरे ।

उनले कोरोना महामारीपछि नेपालमा पनि डिजिटल कारोबारमा उल्लेख्य वृद्धि भएको बताए । उनले राष्ट्र बैंकले पनि सबै क्षेत्रमा डिजिटल कारोबार पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेको बताए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np