Global Force Media

२०८० चैत्र १५ - Thu Mar, 2024 -

राष्ट्रपतिमा आफ्ना उम्मेदवारको पक्षमा मतदान गर्न जनमत पार्टीसँग एमालेकाे आग्रह

राष्ट्रपतिमा आफ्ना उम्मेदवारको पक्षमा मतदान गर्न जनमत पार्टीसँग एमालेकाे आग्रह

काठमाडौँ- नेकपा एमालेले राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेदवारको पक्षमा मतदान गर्न जनमत पार्टीसँग आग्रह गरेको छ ।

शुक्रबार जनमत पार्टीका अध्यक्ष सीके राउतसँग भेट गर्दै एमालेबाट राष्ट्रपति उम्मेदवार बनेका सुवास नेम्वाङ लगायतका एमाले नेताहरूले राष्ट्रपति निर्वाचनमा सहयोग गर्न आग्रह गरेका हुन् ।

छलफलपछि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रपति निर्वाचनमा एमालेका उम्मेदवारका बारेमा जानकारी गराएको र मत दिन आग्रह गरिएको बताए । अहिलेको राष्ट्रिय राजनीतिमा जनमत पार्टी पनि महत्वपूर्ण पार्टी रहेकाले सहयोगका लागि आग्रह गरिएको उनले बताए ।

त्यस्तै जनमतका अध्यक्ष सिके राउतले पार्टीमा छलफल गरेर जवाफ दिने बताएको जानकारी दिए ।

राष्ट्रपतिको निर्वाचन नजिकिँदै जाँदा एमालेले विभिन्न दलसँग भेटेर आफ्नो पक्षमा मत मागिरहेकाे छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np