थ्री स्टारमाथि एपीएफको जित

थ्री स्टारमाथि एपीएफको जित
काठमाडौँ । विभागीय टोली एपीएफ फुटबल क्लबले सहिद स्मामर ‘ए’ डिभिजन लिगमा विजयी सुखद सुरुवात गरेको छ । शनिबार भएको खेलमा एपीएफले थ्री स्टारमाथि २–० गोलको जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एपीएफको जितमा मनिकुमार लामा र अर्मान्ड विडोमले गोल गरे । खेलको ७२ औं मिनेटमा मनिकुमार लामाले फ्रिकिकमा गोल गर्दै एपीएफलाई अग्रता दिलाए ।
खेलको ८७ औं मिनेटमा अर्माण्ड विनोङले गोल गर्दै एपीएफलाई जित दिलाए । जितसँगै एपीएफले पहिलो खेलमा ३ अंक जोडेको छ । पराजित थ्री स्टारले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।