Global Force Media

२०८१ बैशाख ११ - Tue Apr, 2024 -

द्वन्द्वकाका घटनाहरू संक्रमणकालीन न्यायकै प्रबन्धबाट सम्बोधन गर्नुपर्छ : रमेश लेखक

द्वन्द्वकाका घटनाहरू संक्रमणकालीन न्यायकै प्रबन्धबाट सम्बोधन गर्नुपर्छ : रमेश लेखक

काठमाडौँ – नेपाली कांग्रेसले द्वन्द्वका बेलामा भएको सबै घटनाहरू संक्रमणकालीन न्यायकै प्रबन्धबाट सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ । मंगलबार सिंहदरबारस्थीत संसदीय दलको कार्यालयमा संचारकर्मीसंग कुरा गर्दै कांग्रेस मुख्य सचेतक रमेश लेखकले ५२ देखि ६२ साल सम्मका द्वन्द्वका बेलामा भएको सबै घटनाहरू संक्रमणकालीन न्यायकै प्रबन्धबाट सम्बोधन गर्नुपर्ने बताउएका हुन् ।

उनले फौजादारी न्यायको सामान्य प्रक्रियाबाट नभई संक्रमणकालीन न्यायकै प्रबन्धबाट द्वन्द्वकालीन मुद्दा हल गर्नुपर्ने धारणा राखे । उनले संक्रमणकालीन न्यायसंग सम्बन्धित ऐनलाई परिमार्जित गरेर विधेयकका रुपमा तत्काल संसदमा पेश गरेर कानुन बनाउनुपर्ने र कानुन अनुसार आयोग गठन गरेर सवै कामलाइ तार्किक निष्कर्षमा पुरार्‍याउनुपर्ने बताए ।

लेखकले द्वन्द्वका बेलामा भएको सबै घटनाहरू संक्रमणकालीन न्यायकै माध्यमबाट सम्बोधन गर्नुपर्छ भन्ने बिषय सर्वोच्चलाइ राम्रोसंग जानकारी भएको बताए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np