Global Force Media

२०८१ बैशाख १२ - Wed Apr, 2024 -

नवनिर्वाचित राष्ट्रपतिबाट पदको सम्मान हुनेछ : रास्वपा

नवनिर्वाचित राष्ट्रपतिबाट पदको सम्मान हुनेछ : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित हुने राष्ट्रपतिबाट आफ्नो पदको सम्मान हुने विश्वास व्यक्त गरेको छ ।

रासससँग कुराकानी गर्दै रास्वपाका सांसद मनिष झाले विगतमा आलङ्कारिक र सर्वोच्च पद भए पनि राजनीतिक स्वार्थबाट निर्णय भएकोप्रति आलोचना व्यहोर्नपरेको स्मरण गर्दै उनले अब त्यस्तो नहुने विश्वास व्यक्त गरे । उनले भने, “नयाँ राष्ट्रपतिले संवैधानिक जिम्मेवारीको मर्म र भावना बुझेर अभिभावकीय भूमिका निभाउनुपर्छ ।”

उनले रास्वपाले राष्ट्रप्रमुखको चयनमा सहभागी हुन पाउनु ठूलो अवसर र विशेष परिस्थिति भएको बताए । “पाँच वर्षका लागि राष्ट्राध्यक्षको चयनमार्फत फरक रेखा कोर्ने अवसरमा सहभागी हुन पाउनु हाम्रो पार्टीका लागि ठूलो अवसर र विशेष परिस्थिति हो । यसले थप जिम्मेवारीवोध भएको छ”, उनले भने ।

राजनीतिक निर्णय गर्दा सङ्ख्यात्मक र सैद्धान्तिकरूपमा निर्णय गर्नुपर्ने भएता पनि विगतमा हाम्रो हतारमा समीकरण बनेकाले सहमति टिकाउन नसकिएको उनको भनाइ छ । उनले भने, “विगतमा हाम्रो हतारमा समीकरण बनेकाले टिकाउन सकिएन । अहिले परिस्थितिको विश्लेषण गरी गहन छलफल र स्वमूल्याङ्कन गरेर हामी निर्णयमा पुगेका हौँ ।”रासस

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np