Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

राष्ट्रपति रनिङ शिल्डमा लुम्बिनीको ह्याट्रिक

१८ वैशाख, बुटवल । १३औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधिमा लुम्बिनी प्रदेशले ह्याट्रिक गरेको छ ।

लुम्बिनीले २० स्वर्ण, ८ रजत र ५ कांस्य पदक जित्दै उपाधि हात पारेको हो । लुम्बिनीले ११औं संस्करणमा २० स्वर्ण तथा १२ औं संस्करणमा १६ स्वर्ण जित्दै विजेता बनेको थियो ।

युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौंमा आयोजना गरेको तीनदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, उसु र तेक्वान्दो गरी ६ खेलमा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा सातै प्रदेशका ६ सय ५८ खेलाडी सहभागी थिए ।

बागमती प्रदेश १० स्वर्ण, १६ रजत र १३ कांस्य पदकसहित दोस्रो तथा ७ स्वर्ण, ५ रजत र ११ कांस्य पदक जित्दै कोशी प्रदेश तेस्रो भएका छन् ।

सुदूरपश्चिम प्रदेश ६ स्वर्ण, ११ रजत र १८ कांस्यसहित चौथो, कर्णाली प्रदेश ४ स्वर्ण, ३ रजत र १० कांस्यसहित पाँचौं तथा गण्डकी प्रदेश ३ स्वर्ण, ६ रजत र ५ कांस्यसहित छैटौं स्थानमा रहंदा मधेश प्रदेश स्वर्ण पदकविहीन बन्दै अन्तिम स्थानमा रह्यो । मधेश प्रथशले २ रजत र ६ कांस्य हात पारेको छ ।
विजेतालाई राखेपका उपाध्यक्ष शिव कोइराला, प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारी लगायतले मेडल, प्रमाण पत्र सहित पुरस्कृत गरेका थिए ।

एथलेटिक्सतर्फ छात्र/छात्रामा समान १३-१३, भलिबल र कबड्डीतर्फ छात्र/छात्रामा समान १-१, कराँतेतर्फ छात्र-छात्रामा समान ४-४ तथा उसु र तेक्वान्दोतर्फ छात्र-छात्रामा समान ३-३ स्वर्ण गरी जम्मा ५० स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

व्यक्तिगत, समूहगत र शीर्ष तीन स्थान हात पार्नेलाई नगद पुरस्कार प्रदान गरिएको थियो । कुल पुरस्कार राशी ८ लाख ८५ हजार रुपैयाँ वितरण गरिएको राखेपले जनाएको छ । जुनियर राष्ट्रिय कीर्तिमानका लागि छुट्टै १५ हजारका दरले नगद पुरस्कार प्रदान गरिएको थियो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np