Global Force Media

२०८१ बैशाख १९ - Wed May, 2024 -

विद्युतीय गाडीमा बढाइएको कर नघट्ने अर्थमन्त्रीको प्रष्टोक्ति

काठमाडौँ– अर्थमन्त्री प्रकाशशरण महतले विद्युतीय गाडीमा बढाइएको कर नघट्ने बताएका छन् । शुक्रबार राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा अर्थमन्त्री महतले करको दर नघट्ने स्पष्ट पारेका हुन् ।

‘विद्युतीय गाडीको कर घट्दैन । यो यथावत रहला वा बढ्ला तर, घट्दैन,’ उनले भने ।

विद्युतीय सवारी साधन आममानिसले प्रयोग नगरिरहेकाले राज्यले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति लिए पनि कर नघट्ने उनको भनाइ छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमार्फत ५१ देखि १०० किलोवाटसम्मका निजी विद्युतीय सवारी साधनमा ५ प्रतिशत भन्सार शुल्क बढाएको छ । यसअघि अन्तःशुल्क नगाल्ने गरेकोमा १० प्रतिशत अन्तः शुल्क पनि तोकेको छ ।

यी दुवै निर्णयलाई लिएर अहिले व्यापक विरोध भइरहेको छ ।

अर्थमन्त्री महतले बजेटमाथि उठेका प्रश्नको जवाफसँगै राष्ट्रिय सभा दुई साताका लागि स्थगित भएको छ । अर्को बैठक आगामी असार १० गते बस्नेछ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np