Global Force Media

२०८१ बैशाख २० - Thu May, 2024 -

चार नेताले गरे समाजवादी मोर्चाको सहमतिपत्रमा हस्ताक्षर

समाजवादी मोर्चाको सहमतिपत्रमा चार नेताले हस्ताक्षर गरेका छन्।

सोमबार राष्ट्रिय सभागृहमा सुरू भएको समाजवादी मोर्चा घोषणा कार्यक्रममा चार नेताले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्दले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

कार्यक्रममा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेत उपस्थित छन‍्।

हस्ताक्षरपछि जसपाका नेता राजेन्द्र श्रेष्ठले उक्त सहमति पत्र पढेर सुनाएका थिए। जसमा ७ बुँदे प्रतिबद्धता समेत उल्लेख गरिएको छ।

त्‍यसपछि उनीहरूले हात उठाएर ऐक्यबद्धता जनाएका थिए।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np