Global Force Media

२०८१ बैशाख १५ - Sat Apr, 2024 -

थुनुवाले भरियो सीआईबीको हिरासत

१२ असार, काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को हिरासत थुनुवाले भरिएको छ।

अहिले विभिन्न आरोपमा पक्राउ परेका ३ महिलासहित २७ जना सीआईबीको हिरासतमा छन्।

बैंकिङ कसुर लगायतका आरोपमा पक्राउ परेकाहरु पहिलेदेखि नै हिरासतमा थिए।

ललिता निवास प्रकरणमा भाटभटेनी सुपर मार्केटका सन्चालकसहित आजै थप ६ जना पक्राउ परेका छन्। यो प्रकरणमा संलग्न थप व्यक्तिहरुको खोजी भइरहेकाले हिरासत कक्ष खाली गराउने तयारी छ।

तीन जना थुनुवालाई सोह्रखुट्टे लगायतका प्रहरी वृत्तमा स्थानान्तरण गरेर खाली गराउने तयारी भइरहेको स्रोतले बतायो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np