Global Force Media

२०८१ बैशाख २० - Thu May, 2024 -

बजेट पास नभए गठबन्धनमा नैतिक प्रश्न उठ्छ : सांसद पौडेल

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले बजेटलाई आवश्यकता अनुसार सच्याएर भए पनि पास गर्ने बताएका छन् । मंगलबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै सांसद पौडेलले यस्तो बताएका हुन् ।

उनले संसदबाट बजेट पास नहुँदा गठबन्धनमा नैतिक दबाब पर्ने भएकाले गठबन्धनले जसरी भए पनि बजेट पास गर्ने जिकिर गरे । उनले सरकार बजेटका विषयमा प्रश्न उठेका विषयमा कानुनी रूपमा सच्याएर बजेट पास हुने वातावरण रहेको बताए । उनले बजेट संशोधन हुन नसक्ने भन्ने नहुने भन्दै आयोजना तथा योजनामा बजेट रकामान्तर गरेर भए पनि बजेट पास गर्नुको विकल्प नभएको धारणा राखे ।

सांसद पौडेलले गठबन्धनभित्रका केही सांसदहरूले बजेटमा असन्तुष्टि जनाए पनि बजेट पास हुने दाबी गरे । उनले बजेट पास भएपछि पनि वर्तमान गठबन्धनको सरकार कायम रहने बताए । उनले अहिले नै सरकार परिवर्तन हुने अवस्था नभएको भन्दै वर्तमान सरकारको निरन्तरता रहने बताए । उनले बाहिर हल्ला आएजस्तो गठबन्धनमा रहेका दलले सरकार छोड्ने अर्को समीकरण बनाउने निर्णय नगरेको प्रस्ट्याए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np