Global Force Media

२०८१ बैशाख २५ - Tue May, 2024 -

समाजवादी मोर्चाको पहिलो बैठक बस्दै

समाजवादी मोर्चाको पहिलो बैठक आज बस्ने भएको छ।

मोर्चा घोषणा भएको २० दिनपछि पहिलो बैठक आज बस्न लागेको हो।

बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा अपराह्न चार बजे बस्ने तय भएको छ।

बैठकमा आगामी कार्ययोजनाबारे छलफल हुने नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

‘पहिलो बैठक हो। कसरी अगाडि बढ्ने भन्ने बारेमा छलफल हुन्छ। आगामी कार्ययोजना र समसामयिक राजनितिबारे छलफल हुन्छ,’ उनले भने।

बैठकले मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुने उनले बताए।

नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताको अगुवाईमा यही असार ४ गते मोर्चा घोषणा भएको थियो।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np