Global Force Media

२०८१ बैशाख २० - Thu May, 2024 -

प्रधानमन्त्री प्रचण्ड र राष्ट्र संघका महासचिव गुतेरेसबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुतेरेसबीच भेटवार्ता भएको छ।

इटालीमा रहेका प्रधानमन्त्री प्रचण्ड र महासचिव गुतेरेसबीच सोमबार भेटवार्ता भएको हो। प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार भेटमा जलवायु परिवर्तन, खाद्य सुरक्षा र राष्ट्र संघसँगको सम्बन्धलाई सुदृढ बनाउनेबारे छलफल भएको थियो।

राष्ट्र संघीय खाद्य तथा कृषि संगठनले आयोजना गरेको युनाइटेड नेसन्स फुड सिस्टमस्-२०२३ स्टकिङ मोमेन्टमा भाग लिन प्रधानमन्त्री प्रचण्ड इटालीको रोममा छन्। उनी शनिबार साँझ काठमाडौंबाट रोमका लागि प्रस्थान गरेका थिए।

प्रधानमन्त्री प्रचण्ड साउन १२ गते स्वदेश फर्किने छन्।
क. प्रचण्ड / Comrade Prachanda
about an hour ago

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np