Global Force Media

२०८१ बैशाख १७ - Mon Apr, 2024 -

ताेलामा दुई सय रुपैयाँले सुनकाे भाउ बढ्दा चाँदीकाे घट्याे

काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको जनाएको छ । मंगलबारको बजार भाउ तय गर्दै महासङ्घले सोमबारको तुलनामा प्रतितोला २०० रुपैयाँले मूल्यवृद्धि भएको जनाएको हो ।

यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम छ । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम थियो ।

मंगलबार सुनको मूल्य बढेको दिन चाँदीको मूल्य भने घटेको छ । महासङ्घले म‌गलबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको जनाएको हो । यससँगै चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ कायम छ । सोमबार चाँदीको मूल्य तोलामा १४ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np