Global Force Media

२०८१ श्रावण १२ - Sat Jul, 2024 -

६ दिने भारत भ्रमण सकेर फर्कियो पम्फा भुसालसहितको टोली

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसाल ६ दिने भारत भ्रमणपछि स्वदेश फर्किएका छन्।

उनी नेतृत्वको पाँच सदस्यीय टोली गएराति स्वदेश फर्किएको हो।

भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा यही साउन ७ गते भुसाल नेतृत्वमा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्य रामेश्वर यादव र सुरेशकुमार राईको टोली भारत गएको थियो ।

उपाध्यक्ष भुसालले भाजपा अध्यक्ष जगतप्रकाश नड्डासँग पार्टी मुख्यालयमा भेटवार्ता गरेका थिए। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघिको भारत भ्रमणमा भएका सहमति कार्यान्वयनका लागि पहल गर्न भाजपा अध्यक्ष नड्डासँग आग्रह गरेका थिए।

अध्यक्ष नड्डासँगको भेटवार्ता फलदायी र ऐतिहासिक भएको उपाध्यक्ष भुसालले बताए।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np