सिँचाइ विभाग जावलाखेलमा निर्माण व्यवसायीको ताला

काठमाडौँ- नेपाल निर्माण व्यवसायी महासंघले जावलाखेलस्थित सिँचाइ विभागमा ताला लगाएका छन् । आइतबार सरकारी कार्यालयमा ताला लगाई धर्ना दिने तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत सिँचाइ विभागमा ताला लगाएका हुन् ।
सरकारले भुक्तानी नगरेको भन्दै केही समयअघिदेखि निर्माण व्यासयीहरू आन्दोलनमा छन् ।
ताला लगाउन गएका केही निर्माण व्यवसायीहरूलाई प्रहरी नियन्त्रणमा लिएको छ ।