Global Force Media

२०८१ बैशाख २१ - Fri May, 2024 -

विमानस्थलबाट अवैध ढंगले सुन बाहिरिनु गम्भीर चिन्ताको विषय : कांग्रेस

काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेसले विमानस्थलबाट अवैध ढंगले सुन बाहिरिनु गम्भीर चिन्ताको विषय भएको बताएको छ । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले यस्ता गैरकानुनी पूर्ण रूपले नियन्त्रण हुनुपर्ने भन्दै यस कार्यमा संलग्न जोसुकै भए पनि अनुसन्धान, छानबिनको दायराभित्र ल्याइ कानुनी कारबाही गर्न सरकारलाई अनुरोध गरेको छ ।

प्रमुख सचेतक रमेश लेखकले यस घटनाबारे निष्पक्ष, स्वतन्त्र र गहिराइका साथ अनुसन्धान, छानबिन गरी घटनामा संलग्न जोसुकै भए पनि अभियोजन गरी कानुनी दायरामा ल्याउन अनुरोध गरिएको बताए ।

‘हालै अवैध ढंगले पैठारी भइ त्रिभुवन विमानस्थलबाट बाहिर निस्किई पक्राउ गरिएको एक क्विन्टल सुनको विषयमा यो बैठकको ध्यान गम्भीर रूपले आकृष्ट भएको छ । त्रिभुवन विमानस्थलजस्तो सरकारका सबै महत्वपूर्ण निकायको सदैव निगरानीमा रहने स्थानबाट नै अवैध ढंगले सुन बाहिरिनु गम्भीर चिन्ताको विषय भएको छ । यस्ता घटना विगतमा पनि भएका छन् । पटक–पटक घटित हुने यस्ता घटनाले थप चिन्तित बनाएको छ,’ उनले भने, ‘यस्ता गैर कानुनी कार्य निस्तेज गर्न पूर्ण रूपले नियन्त्रण हुनुपर्दछ । निस्तेज एवं पूर्ण रूपले नियन्त्रण हुनुपर्दछ ।’

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np