आज संघीय संसदका तीनवटा समितिको बैठक बस्दै
काठमाडौं । आज संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज सार्वजनिक लेखा समितिसहित तीनवटा संसदीय समितिको बैठक बस्न लागेको हो ।
जसअनुसार दिगो विकास तथा सुशासन समितिको ११ बजे बैठक बस्नेछ भने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक ११ः३० बजेका लागि बोलाइएको छ।
सिंहदरबारस्थित संसद सचिवालय भवनमा बस्न लागेका तीन समितिको बैठक मध्ये सार्वजनिक लेखा समितिको बैठक भने १ बजे बोलाइएको छ ।