Global Force Media

२०८१ बैशाख २० - Thu May, 2024 -

‘सांसद विकास कोषमा सर्वोच्चको आदेश शक्ति पृथकीकरणको सिद्धान्तविपरीत’

काठमाडौँ- नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले सांसद विकास कोषसम्बन्धी रिटको सुनुवाइका क्रममा सर्वोच्च अदालतको आदेश शक्ति पृथकीकरणको सिद्धान्तविपरीत रहेको बताएका छन् ।

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लेखकले सदनले पास गरेको विनियोजन विधेयकमा रहेको सांसद विकास कोषसम्बन्धी विषय कार्यान्वयन नगर्नू भनेर दिएको आदेश आधारभूत रूपले लोकतन्त्रको शक्ति पृथकीकरणको सिद्धान्तविपरीत रहेको बताएका हुन् ।

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले सीमाभित्र रहेर काम गर्नुपर्ने भन्दै उनले राज्यका तीनै अंगले एकअर्काको सीमामा हस्तक्षेप गर्दा लोकतन्त्रलाई कमजोर पार्ने काम हुने जिकिर गरे । उनले विनियोजन गर्ने कानुन बनाउने काम संसदको भएकाले त्यसलाई हस्तक्षेप गरी संसदीय व्यवस्थालाई नै कमजोर बनाउने भनाइ राखे ।

लेखकले न्यायिक क्रियाशीलताले धेरै देशहरूमा लोकतन्त्रलाई समाप्त पार्ने काम गरेको समेत बताए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np