Global Force Media

२०८१ बैशाख २० - Thu May, 2024 -

फरक शैलीमा एमालेको कार्यक्रम

काठमाडौं । नेकपा एमालेले फरक शैलीमा कार्यक्रम सञ्चालन गर्न थालेको छ । पार्टी निकट भुतपूर्व सैनिक तथा प्रहरी संगठनले भक्तपुरमा बिहीबार फरक शैलीमा कार्यक्रम गरेको थियो ।

१ भदौमा अन्तरपार्टी निर्देशिका–८ जारी गर्दै एमालेले पार्टी कार्यक्रम गर्दा अतिथिहरुका लागि मञ्चमा कुर्सी नराख्न, खादामालाको प्रयोग नगर्न र बक्ता बाहेकलाई आसन ग्रहण नगराउन निर्देशन दिएको थियो ।

त्यही निर्देशन अनुसार, बिहीबार आसनग्रहण, अतिथि बसाइ र मञ्च व्यवस्थापन गरिएको भुतपूर्व सैनिक तथा प्रहरी संगठनका इन्चार्ज यज्ञराज सुनुवारले बताए ।

‘पार्टीको निर्देशन हाम्रो कार्यक्रमबाट सुरु भएको छ । अब अरु कार्यक्रममा पनि दिक्क लाग्नेगरी अतिथि आसनग्रहण, खादामालाको प्रयोग हुँदैन’, उनले भने ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np