Global Force Media

२०८१ बैशाख २१ - Fri May, 2024 -

राष्ट्रपतिको दसैँ शुभकामना: ‘न्याय र समानतासहितको आर्थिक समृद्धि प्राप्त गर्ने सामर्थ्य प्रदान होस’

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार बडादसैँको सुभकामना व्यक्त गरेका छन् । राष्ट्रपतिको कार्यालयले शनिबार एक सुभकामना सन्देशमार्फत देश र विदेशमा रहेका नेपाली जनतालाई बडादेसैँको सुभकामना व्यक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले सबै नेपालीलाई न्याय र समानतासहितको आर्थिक समृद्धि प्राप्त गर्ने सामर्थ्य प्रदान गरोस् भनी कामना गरेका छन् ।

उनले दसैँ सत्यको विजय र असुरी चरित्रको पराजय, दुराचारमाथि सदाचारको जीत, आपसी सद्‌भाव, भ्रातृत्व र पुनर्मिलनको प्रतीकको रूपमा रहेको उल्लेख गरेका छन् ।

‘त्यसैले यो पर्वले विकृति, विसंगति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न हामी सवैलाई प्रेरित गर्ने छ भन्ने मेरो विश्वास छ’, राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख छ ।

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np