Global Force Media

२०८१ बैशाख २० - Thu May, 2024 -

धादिङ भूकम्प : घरको छतबाट हामफाल्दा गोरखामा एक महिला घाइते

५ कात्तिक, गोरखा । आइतबार बिहान धादिङको खरी केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी गोरखामा एक महिला घाइते भएकी छन् ।

साढे दुई तले पक्की घरको छतमा बसेर पूजा भाँडा माझ्दै गरेकी गोरखा नगरपालिका–३ नारेश्वरकी ३० वर्षीया सरस्वती थापा भूकम्प आएपछि छतबाट हामफाल्दा घाइते भएकी हुन् ।

उनको ढाड र बायाँ खुट्टामा चोट लागेको प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिए । गोरखा अस्पतालमा सामान्य उपचार पश्चात उनलाई थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज रिफर गरिएको उनले जानकारी दिए । भूकम्पका कारण भिमसेन थापा गाउँपालिकाको बोर्लाङमा केही घरहरुमा सामान्य क्षति भएको गोरखा प्रहरीले जनाएको छ ।

आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका साथै गोरखा, नुवाकोट, मकवानपुर, चितवन लगायतका जिल्लामा समेत महसुस भएको थियो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np