Global Force Media

२०८१ बैशाख १७ - Mon Apr, 2024 -

नेपाली सेना र प्रहरीको भूमिकाप्रति राष्ट्रसंघका महासचिवको प्रसंशा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसबीच नेपालको शान्ति प्रक्रिया, मौसम परिवर्तन र नेपालले विश्व समुदायमा शान्तिप्रक्रियामा खेलेको भूमिकाबारे छलफल भएको छ ।

आइतबार चार दिने नेपाल भ्रमणमा आएका महासचिव गुटरेस र प्रधानमन्त्री प्रचण्डबीच भएको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले भेटवार्ता सौहाद्रपूर्ण वातावरणमा दुईपक्षीय हितकाबारेमा कुराकानी भएको बताए ।  ‘नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा छ । यसलाई टुंगोमा पुर्याउन राष्ट्रसंघको भूमिका आवश्यक छ’, प्रचण्डले भने, ‘भेटवार्ता बडो सौहार्दपुर्ण वातावरणमा दुईपक्षीय हित र राष्ट्रिय अन्तराष्ट्रिय महत्वका विषयमा विश्वासका साथ छलफल भयो ।’

प्रधानमन्त्री प्रचण्डले क्लाइमेट चेन्जका कारण परेको असरबारे गम्भीर रुपमा छलफल भएको बताए । ‘मौसम परिवर्तनका विषयमा हामीले गम्भीर रुपले चर्चा गर्यौ र नेपालमा मौसम परिवर्तनको नकारात्मक परिणाम छ त्यसलाई कम गर्नका लागि अन्तराष्ट्रिय समुदाय त्यसमा पनि संयुक्त राष्ट्रसंघको महासचिवको हैसियतले उहाँले खेलेको भूमिकाको उच्च प्रसंशा गर्यौ’, प्रचण्डले भने, ‘आउने दिनमा अझ ठुलो सहयोगको अपेक्षा गर्यौ ।’ त्यसैगरी प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटरेसबीच नेपालको शान्ति प्रक्रियाका बारेमा समेत छलफल भएको छ ।

‘नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा छ । त्यसलाई टुंगोमा पुर्याउन पनि अन्तराष्ट्रिय समुदाय र संयुक्त राष्ट्र संघको महासचिवको हैसियतले उहाँको महत्वपूर्ण भूमिका हुने कुरा पनि हामीले गर्यौ’, प्रचण्डको भनाइ छ । साथै भेटवार्तामा आर्थिक विकास र सम्मृद्धिका बारेमा समेत कुराकानी भएको छ । भेटमा नेपाललाई अतिकम विकसित राष्ट्रबाट कम विकसित राष्ट्रमा पुर्याउने लक्ष्य पुरा गर्ने सवालमा समेत छलफल भएको छ ।

भेटपछि प्रधानमन्त्री प्रचण्डले आफु खुसी र सन्तुष्ट रहेको बताए । ‘किनभने नेपालको राजनीतिक उत्तरचढाव र नेपालको शान्ति प्रक्रिया र मौसम परिवर्तनको असरबारे पनि उहाँलाई धेरै कुरा थाहा छ । नेपाल (नेपाली सेना र प्रहरी) ले विश्वशान्तिका लागि खेलेको भूमिकामा उहाँले मुक्तकण्ठले प्रशंसा गर्नुभयो’,

प्रचण्डले भने, ‘हामीले पनि योगदानअनुसार उचित सम्मान होस् भन्ने कुरा राख्यौ ।’ साथै उनले आउने दिनेमा राष्ट्रसंघ र अन्तराष्ट्रिय समुदायसँग नेपालको सम्बन्धलाई सहजीकरण हुनेमा आफू विश्वस्त रहेको प्रचण्डले बताए ।

संयुक्त पत्रकार सम्मेलनमा बोल्दै महासचिव गुटरेसले नेपालको शान्ति प्रक्रियाप्रति चासो राख्दै नेपालको विद्यमान कानुन र अदालतको फैसलाअनुसार शान्ति प्रक्रिया टुंग्याउन सहयोगी भूमिका रहने बताए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np