Global Force Media

२०८१ बैशाख १७ - Mon Apr, 2024 -

विश्वकप छनोटमा अर्जेन्टिना र ब्राजिल पराजित

१ मंसिर, काठमाडौं । फिफा विश्वकप २०२६ को छनोटमा विश्व विजेता अर्जेन्टिना र ब्राजिल पराजित भएका छन् । दक्षिण अमेरिकी क्षेत्रको छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना उरुग्वेसँग २-० ले पराजित भयो ।

छनोटमा अर्जेन्टिनाको यो पहिलो हार हो । यस हारपछि छनोटमा अर्जेन्टिनाको लगातार चार जितको यात्रामा पनि ब्रेक लागेको छ ।

अर्जेन्टिनाको ब्युनर्स आयर्समा भएको खेलमा उरुग्वेलाई जित दिलाउन रोनाल्ड अराउजोले ४१औं र डार्विन नुनेजले ८७औं मिनेटमा गोल गरे ।

हारका बाबजुत पनि ५ खेलबाट १२ अंक रहेको अर्जेन्टिना अंक तालिकामा शीर्ष स्थानमा कायम छ । यस्तै तेस्रो जित हात पारेको उरुग्वे ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ ।

यस्तै अर्को खेलमा लुइस डियाजले दुई गोल गरेपछि कोलम्बियाले ब्राजिलविरुद्ध २-१ को पुनरागमन जित निकालेको छ ।

गाब्रिएल मार्टिनेलीले चौथो मिनेटमै गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता जोगाउन सकेन । कोलम्बियाले अन्तिम १५ मिनेटभित्र दुई गोल गर्दै खेल जित्यो ।

लुइस डियाजले ७५औं मिनेटमा कोलम्बियाका लागप बराबरी गोल गरे । त्यसको चार मिनेटपछि नै डियाजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए र त्यही अग्रता कायम राख्दै कोलम्बियाले खेल जितेको हो ।

जितपछि कोलम्बिया ५ खेलबाट ९ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । छनोटमा कोलम्बिया अपराजित छ । पराजित ब्राजिलको ५ खेलबाट ७ अंक छ र पाँचौ स्थानमा झरेको छ ।

छनोटकै अन्य खेलमा बोलिभियाले पेरुलाई २-० ले पराजित गर्दा चिली र पाराग्वे तथा भेनेजुएला र इक्वेडरले गोलरहित बराबरी खेलेका छन् ।

बराबरीपछि भेनेजुएला ५ खेलबाट ८ अंक जोडेर चौथो स्थानमा उक्लेको छ ।

समान ५ अंक रहेको इक्वेडर, पाराग्वे र चिली क्रमश: छैटौं, सातौं र आठौं स्थानमा छ । पहिलो जित निकालेको बोलिया ३ अंक जोडेर नवौँ स्थानमा छ भने जितिविहन पेरु १ अंकसहित दशौँ स्थानमा छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np