Global Force Media

२०८१ बैशाख १६ - Sun Apr, 2024 -

नेपाल ज्येष्ठ नागरिकहरूको देश बन्ने खतरा बढ्याे : शेखर कोइराला

विराटनगर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल बिस्तारै ज्येष्ठ नागरिकहरूको देश बन्ने खतरा बढेर गएको बताएका छन् ।

विराटनगरमा शनिबार पत्रकार एवं साहित्यकार शंकर खरेलद्वारा लिखित ‘तृप्यन्ताम’ लघुकथा संग्रहको विमोचन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले युवाहरूको विदेश पलायन नरोके नेपालमा ज्येष्ठ नागरिकहरूमात्रै रहने प्रस्ट पारे ।

‘युवाहरूको बढ्दो विदेश पलायनले कतै नेपाल बुढ्यौलीहरूको देश त हुँदैन भनेर मलाई चिन्ता लाग्न थालेको छ,’ कोइरालाले भने, ‘राजनीतिक दलहरू देश र जनताप्रति जिम्मेवार नभए अवस्था जटिल हुँदै गएको छ । स्वदेशमै रोजगारी सिर्जना गरी युवाहरूको पलायन रोक्नुपर्छ ।’

जनतामा अहिले चरम निराशा देखिएको उनको भनाइ थियो । त्यही निराशाको परिणामस्वरूप युवाहरू विदेश पलायन भएको नेता कोइरालाले बताए । ‘अलि हुनेखानेहरू अमेरिका, जापान, अष्ट्रेलिया, क्यानडा र युरोपतिर जान्छन्, उतै घरजम गरेर बस्छन् । आर्थिक रूपमा कमजोर र धेरै अध्ययन पनि नगरेका तर पाखुरीमा बल हुनेहरू खाडी जान्छन्,’ कोइरालाले थपे, ‘एकथरी युवा उतै सेटल भएर बस्छन्, अर्कोथरी युवा पाखुरीमा बल सकिएपछि र उमेर ढल्किएपछि फर्किन्छन् । यस्तो अवस्थाले देश उँभो लाग्दैन ।’

उर्बर जमिनहरू बाँझो हुँदै गएकोमा कोइरालाले चिन्ता व्यक्त गरे । कोइरालाले रेमिट्यान्स मुलुकको आर्थिक विकासको दीर्घकालीन र भरपर्दो स्रोत नभएको जिकिर गरे । कोभिड-१९, रुस-युक्रेन युद्ध र इजरायल-हमासबीचको युद्धले रेमिट्यान्स देश विकासको भरपर्दो र दीर्घकालीन आर्थिक स्रोत होइन भन्ने पुष्टि भएको उनको कथन थियो । कोइरालाले मुलुकको शिक्षा नीतिमा आमुल परिवर्तन जरुरी रहेको बताए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np