Global Force Media

२०८१ बैशाख १७ - Mon Apr, 2024 -

ज्वालामुखी विष्फोटपछि आइसल्याण्डमा आपतकाल घोषणा

आइसल्याण्ड- दक्षिण-पश्चिमी आइसल्याण्डमा ज्वालामुखी विस्फोट भएपछि आपतकालको घोषणा गरिएको छ ।

सो ज्वालामुखी विस्फोटपछि लाभा रेक्जेनेस प्रायद्वीपमा फैलियो । जसका कारण उक्त क्षेत्रमा त्रासको वातावरण छ । सुरक्षा चिन्ताका कारण ग्रिन्डाविक सहरबाट हजारौं मानिसलाई विस्थापित गरिएको छ । ज्वालामुखी विस्फोटका कारण देशमा संकटकाल घोषणा गरिएको छ ।

यस सम्बन्धमा आइसल्याण्डका राष्ट्रपति गुड्नी जोहान्सनले खाली गरिएको सहर ग्रिन्डाभिक नजिकै विष्फोट सुरू भएको बताएका छन् । ‘हाम्रो प्राथमिकता जनताको जीवन र पूर्वाधारको रक्षा गर्नु हो । सिभिल डिफेन्सले प्रभावित क्षेत्र बन्द गरेको छ’ उनले भने, ‘अहिलेको लागि, हामी प्रकृतिको शक्ति हेर्न पर्खिरहेका छौं । हामी तयार र सतर्क छौं ।’

आइसल्याण्डको नेशनल पुलिस कमिश्नरले ज्वालामुखी विष्फोटपछि आपतकाल घोषणा गरिएको बताएका छन् । साथै नागरिकलाई सचेत गराइएको छ ।

उही समयमा आइसल्याण्डको नागरिक रक्षा विभागका प्रमुख विडिर रेनिसनले स्थानीय समाचार च्यानललाई भने कि मानिसहरूलाई यस क्षेत्रबाट टाढा रहन आग्रह गरिएको छ ।

वासिङ्टन पोस्टका अनुसार देशको मौसम विभागका अनुसार राति करिब ९ बजे भूकम्प गएपछि सो ज्वालामुखी विस्फोट सुरू भएको हो । भूकम्पका कारण ज्वालामुखीमा दरार आएको विभागले जनाएको छ । यसको लम्बाइ करिब ३.५ किलोमिटर छ र ज्वालामुखी विष्फोटपछि लाभा प्रति सेकेन्ड १०० देखि २०० घनमिटरको दरले बगिरहेको थियो ।

विष्फोटको सही स्थान र आकारको पुष्टि गर्न अहिले उक्त क्षेत्रमा हेलिकप्टर पठाइएको छ । रिपोर्टका अनुसार ज्वालामुखी विष्फोट हुनुअघि आइसल्याण्डमा करिब ८ सय वटा भूकम्पको धक्का महसुस गरिएको थियो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np