Global Force Media

२०८१ बैशाख १८ - Tue Apr, 2024 -

सिप बिल्डिङमा भाषा परीक्षा दिएका सबैले आजदेखि १८ गतेसम्म उत्पादन क्षेत्रमा आवेदन दिन पाउने

काठमाडौं । कोरियामा पानीजहाज निर्माण क्षेत्र (सिप बिल्डिङ)मा भाषा परीक्षा दिई बसेका सबैले आजदेखि उत्पादन क्षेत्रको भाषा परीक्षामा आवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले आजदेखि पर्सि १८ गतेसम्म फारम भर्नको लागि आवेदन खुला गरेको हो ।
उच्च अदालत पाटनले आवेदन फारम भर्न रोक नलगाउन आदेश दिएपछि कोरियाको मानव संसाधन विभागबाट सकारात्मक प्रतिक्रिया आएको भन्दै विभागले गएको साउनमा पानीजहाज क्षेत्रमा भाषा परीक्षा दिएका आवेदकहरूले मात्रै फारम भर्न पाउने निर्णय गरेको हो ।
यसअघि उच्च अदालतले रिट निवेदन दिने १८ जनाको हकमा फारम भर्न आदेश दिएको र ईपीएस शाखाले त्यसैअनुसार १८ जनाको लागि मात्रै आवेदन खुलाएपछि अरू परीक्षार्थीले विरोध गरेका थिए ।
शुक्रवार भएको विरोध प्रदर्शनको क्रममा ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान गएको थियो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np