रुसी सेनामा भर्ना भएका थप एक नेपालीको मृत्यु
रुस-युक्रेन युद्धमा मृत्यु हुनेको संख्या ११ पुग्यो
काठमाडौँ- रुसी सेनामा भर्ना भएका प्युठानका एक युवकको मृत्यु भएको छ ।
रुसी सेनामा आबद्ध प्युठान नगरपालिका-४ काठेवरका सोनु सुनारको ज्यान गएको प्युठान नगरपालिकाका उपमेयर देवेन्द्र वर्माले जानकारी दिए ।
रोजगारीका क्रममा दुई वर्षअघि कतार पुगेका सुनार केही महिनाअघि रुस पुगेर सेनामा भर्ना भएका थिए ।
रुस-युक्रेन युद्धमा गएर ज्यान गुमाउने नेपालीको सङ्ख्या ११ पुगेको छ । यसअघि ज्यान गुमाउनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह, धादिङका राजकुमार गिरी, स्याङ्जाको पुतलीबजार-५ का प्रितम कार्की, इलाम-५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका-६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा-१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागल रहेका छन् ।