Global Force Media

२०८१ बैशाख १८ - Tue Apr, 2024 -

कर्मचारीको स्वार्थका कारण युरोपियन युनियनले नेपालमाथि लगाएको हवाई प्रतिबन्ध खुल्ला हुन सकेन : अध्यक्ष तिमिल्सिना

काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कर्मचारीको स्वार्थका कारण युरोपियन युनियनले नेपाल माथि लगाएको हवाई प्रतिबन्ध खुल्ला हुन नसकेको बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले केही कर्मचारी र पार्टीको स्वार्थका कारण नागरिक उड्डयन ऐन अघि बढ्न नसकेको र जसका कारण हवाई प्रतिबन्ध खुल्ला हुन नसकेको बताएका हुन् । नागरिक उड्डयनको नियामक र सेवाप्रदायक छुट्टै बनाउने कानुनमा कर्मचारीले विरोध गर्दा तत्कालीन अवस्थामा मन्त्री र प्रधानमन्त्री कानुन ल्याउनबाट पछि हटेको उनले तर्क गरे ।​

अध्यक्ष तिमिल्सिनाले अहिले पनि यसअघिको नागरिक उड्डयन ऐनलाई अघि बढाउन सके दुई हप्तामा पास हुन सक्ने धारणा राखे । आफूहरूले युरोपियन युनियनका पदाधिकारीसँग यस विषयमा कुरा राखे पनि मुलुकमा भने सरोकारवालाले अग्रसरता लिन नसकेको गुनासो गरे ।​ उनले स्वार्थका आधारमा देश चलाउँदा बेथिति बाहेक केही नहुने जिकिर गरे । इमान्दारीपूर्वक लागे देश बनाउन कुनै समस्या नरहेको उनको भनाइ छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np