Global Force Media

२०८१ बैशाख २४ - Mon May, 2024 -

त्रिशूली नदीमा जीप खसेपछि चालक फरार भएको आशंका

काठमाडौँ- त्रिशूली नदीमा खसेको भारतीय नम्बर प्लेटको जीपका चालक फरार भएको आशंका गरिएको छ ।

नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुल नजिकबाट मंगलबार बिहान त्रिशूली नदीमा जीप खसेको थियो ।

खोजी सिलसिलामा भारतीय नम्बर प्लेट बिआर 0९जिसी १४३० नम्बरको बोलेरो जीप फेला परेको थियो ।

बिहान ४:५० बजे नदीभित्र बत्ती बलेको जस्तो देखिएपछि सशस्त्र प्रहरीको गोताखोर टोलीले परिचालन गरिएको थियो ।

त्यस क्रममा सेतो रंगको सिंगल क्याप जीप त्रिशूली नदीमा फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले बताए ।

उनका अनुसार एक जना ट्यांकर चालकले जीपबाट चालक निस्केको देखेको बताएका छन् ।

‘ट्यांकर चालकले जीपका चालक भागेको देखेको बताएका छन्, उनलाई खोजिरहेका छौं,’ भण्डारीले भने ।

बिहान नदीमा रातो बत्ती बलेपछि सवारी साधन खसेको अनुमान गरी खोजी थालिएको थियो । सशस्त्रको गोताखोरले जीप फेला पारे पनि त्यसमा यात्रुहरू थिएनन् ।

‘अहिलेसम्म कोही यात्रु फेला परेको स्थिति छैन,’ भण्डारीले भने, ‘मोटरबोटबाट खोजी गरिरहेका छौं ।’

जीप सडकबाट करिब एक सय मिटर तल खसेको थियो । जीपमा कति व्यक्ति सवार थिए भन्ने यकिन भइसकेको छैन ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np