Global Force Media

२०८१ बैशाख २७ - Thu May, 2024 -

कांग्रेस सच्चिएर आए सहकार्य गर्न तयार छौं : अध्यक्ष लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस सच्चिएर आए सहकार्य गर्न तयार रहेको बताएका छन् ।

विश्व हिन्दु महासंघले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा लिङ्देनले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताका विषयमा कांग्रेस सच्चिएर आए सहकार्य गर्न तयार रहेको बताएका हुन् । उनले माओवादीको एजेण्डालाई कांग्रेसले सहीछाप गरेकाले मुलुक धर्म निरपेक्ष हुन पुगेको बताए ।

अध्यक्ष लिङ्देनले कांग्रेसले राप्रपालाई अछुत जस्तो व्यवहार गरेकै कारण राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्नुपरेको धारणा राखे । उनले आफूलाई हिन्दुवादी भन्नेहरूले नै राप्रपालाई मत नदिएका कारण राजसंस्थासहितको हिन्दुराष्ट्र स्थापित गर्न समस्या भएको बताए । धर्म निरपेक्ष हुनुमा दलहरू र नेताभन्दा बाहुन क्षेत्री नै बढी दोषी भएको उनको भनाइ छ ।

त्यस्तै उनले भ्रष्ट नेताहरूका कारण राजनीतिप्रति जनतामा वितृष्णा जागेको पनि बताए । कार्यक्रममा कांग्रेस नेता चन्द्र भण्डारी लगायतलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np