Global Force Media

२०८१ बैशाख २३ - Sun May, 2024 -

संसदीय दलको नेता परिवर्तनको निर्णय सच्याउन निर्देशन

सुदूरपश्चिम- नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशको बैठकले प्रदेशसभा, संसदीय दलको नेता परिवर्तन गरिएको निर्णय सच्याउन निर्देशन दिएको छ । सो पार्टीका प्रदेश अध्यक्ष हरि चौधरीको अध्यक्षतामा शनिबार बसेको प्रदेश समितिका उपलब्ध पदाधिकारी बैठकपछि सार्वजनिक गरिएको परिपत्रमा पार्टी परम्परा, विधि, विपरीत केन्द्रीय कार्यालयको निर्देशन समेतको अवज्ञा गरी गरिएको निर्णयले पार्टीमा अराजकता र स्वेच्छाचारिताले संस्थागत मान्यता पाउने खतरा हुने भएकाले संसदीय दलको निर्णय अविलम्ब सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरिएको उल्लेख छ ।

नौवटै जिल्लाका इन्चार्ज/संयोजकको नाममा सार्वजनिक गरिएको परिपत्रमा दलका नेता खगराज भट्टको जानकारीबिना उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दल नेता परिवर्तन र सरकार परिवर्तन गर्ने भन्ने कुराप्रति पदाधिकारीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

सुदूरपश्चिम प्रदेशसभा, नेकपा (माओवादी केन्द्र) संसदीय दलका असन्तुष्ट बहुमत (छ जना) सदस्यको बैठकले दुई दिनअघि दलको नेता परिवर्तन गर्दै मानबहादुर धामीलाई नेता चयन गरेका थिए ।

नेपाली कांग्रेसको नेतृत्वमा रहेको प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र) दुई मन्त्री र एक राज्यमन्त्रीसहित गठबन्धन सरकारमा सम्मिलित छ । त्रिपन्न सदस्यीय प्रदेशसभामा नेकपा माओवादी केन्द्रका ११ सदस्य छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np