Global Force Media

२०८१ बैशाख १८ - Tue Apr, 2024 -

जग्गा हडप्ने, नागरिकता कीर्ते गर्ने र सहकारी ठग्नेमाथि कारबाही हुनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले जग्गा हडप्ने, नागरिकता कीर्ते गर्ने र सहकारी ठग्नेमाथि कारबाही हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै थापाले उक्त प्रकरणमा संलग्न जतिसुकै शक्तिशाली भएपनि कानुनी दायरामा आउनुपर्ने बताए ।

बाँसबारी जग्गा प्रकरणलाई लक्षित गर्दै उनले भने, ‘जो सुकै होस् । जति शक्तिशाली होस् । राजनीतिक होस् कि आर्थिक शक्ति होस् । नेपालको सार्वजनिक जग्गा कसैले हडप्छ भने सजाय पाउनु पर्दैन ? दण्ड पाउनु पर्दैन ?’

यस्तै नागरिकता कीर्ते प्रकरणमा मुछिए पनि संसदको महासचिवमा नियुक्त भएका पद्मप्रसाद पाण्डेयले माफी पाउन नहुने महामन्त्री थापाको तर्क छ । ‘जति सुकै शक्तिशाली होस् । जुन सुकै पदमा बसेको हो । हातमा ताकत होस् । कलम होस् । नागरिकता बनाउनलाई कीर्ते गर्छ भने फलानो दलसँग जोडिएको छ । त्यसकारणले गर्दा उसको कीर्ते माफी हुन्छ चल्छ ?’ उनको प्रश्न छ ।

सहकारी ठगीको धन्दाको मतियारलाई पनि कानुनी कारबाहीमा ल्याउनुपर्ने उनले बताए । ‘आम नागरिकहरुले निक्षेप संकलन गरेर जम्मा गरेको सहकारीमा ठगीको धन्दा चलाउन छ,’ रास्वपामा सभापति रवि लामिछानेको नाम नलिइ उनले भने, ‘ ठगीको धन्दाको मतियार हुन्छ भने कानुनी कारबाहीको दायरामा आउनु पर्दैन ? कानुनले कारबाही गर्नु पदैन ?’

आजको दिनमा सुशासनको मन्त्र भनेको कानुन र विधिको शासन हुनुपर्ने महामन्त्री थापाले बताए । ‘चाहे जग्गा मिच्ने होस्, चाहे नागरिकताको कीर्ते गर्ने होस् । चाहे सहकारीमा ठग्ने होस् । यताको होस् । उताको होस् । जुन सुकै दलको होस् । कसैले पनि उन्मुक्ति पाउनु हुँदैन । एउटा नेपाली नागरिकले जे गर्दा ढण्ड पाउन । शक्तिशालीलाई पनि त्यही कानुन लागु हुन्छ,’ उनी भन्छन् । सरकारले यो बाटो समत्दै गयो भने बल्ल नागरिकमा विश्वासको वातावरण बन्ने थापाले बताए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np