Global Force Media

२०८१ श्रावण ६ - Sun Jul, 2024 -

सरकारलाई बाबुरामकाे प्रश्न- सबै क्षेत्रमा प्रतिबन्ध गरेपछि जनताले कहाँ गएर आफ्ना माग सुनाउने ?

काठमाडौँ । नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकारले काठमाडौँका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घोषण तथा प्रतिबन्ध लगाएको भन्दै आपत्ति जनाएका छन् ।

डा.भट्टराईले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै लेखेका छन्, ‘बालुवाटारमा प्रतिबन्ध ! सिंहदरबारमा प्रतिबन्ध ! बानेश्वरमा प्रतिबन्ध ! माइतिघरमा प्रतिबन्ध ! शान्तिबाटिकामा प्रतिबन्ध ! ……जताततै प्रतिबन्ध ?’

जनताले आफ्ना माग सरकारलाई कहाँ गएर सुनाउने भन्दै डा.भट्टराईले जंगल कि खोलानाला भन्दै प्रश्न गरेका छन् । उनको प्रश्न छ,’जनताले अब कहाँ गएर सरकारको ध्यानाकर्षण गर्ने त ? अनकंटार जंगलमा ? कि खोलानालामा ?’

‘यही हो जनतामा निहित सार्वभौमसत्ता ? उन्नत लोकतन्त्रमा जनताको निरन्तर निगरानी र खबरदारी अनिवार्य हुन्छ हैन र ? अनि किन सार्वजनिक विरोधमाथि निरन्तर संकुचन/अंकुश ?’ उनले थप प्रश्न गरे ।

जनता सडकमा उर्लेर नै लोकतन्त्र र गणतन्त्र स्थापना भएको भन्दै डा.भट्टराईले फेरि जनता सडकमा उर्लन सक्छन् भन्ने सत्ताधारीहरूलाई हेक्का रहनुपर्ने उल्लेख गरेका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np