Global Force Media

२०८१ बैशाख १९ - Wed May, 2024 -

संक्रमणकालीन न्यायलाई राजनीतिक लेनदेनको मुद्दा बनाउन हुन्‍न : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संक्रमणकालीन न्यायको बिषयलाई राजनीतिक लेनदेनको मुद्दा बनाईनु नहुने बताएका छन् ।

काठमाडौंमा मंगलबार मानव अधिकार रक्षकहरुको सम्मेलनमा बोल्दै उनले संक्रमणकालीन न्यायको विषय गम्भीर भएकाले राजनीतिक मुद्दा बनाउन नहुने बताए ।

‘संक्रमणकालीन न्यायको बिषयलाई सत्ताको भर्याङ्ग र राजनीतिक लेनदेनको मुद्दा नबनाईयोस,’ कोइरालाले भने । कोइरालाले पीडितहरूको सहमति बेगर संक्रमणकालीन न्यायको मुद्दा समाधान नहुने भन्दै एकपक्षीय ढंगबाट यसलाई टुङ्ग्याउन खोजे यसले थप जटिलता सिर्जना गर्ने समेत बताए ।

कोइरालाले ६ महिनामा यसलाई टुङ्गयाउँने भनेर सम्बिधानमा लेखिएपनि यति लामो समय सम्म यसको समाधान नगर्दा मानवअधिकारको बिषयमा अन्तर्राष्ट्रिय स्तरमै नेपालको साख गिरेको बताए ।

कोइरालाले नेतालाई लोकतन्त्र आएपनि जनतालाई अझै वास्तविक लोकतन्त्र नआएको बताए ।  लोकतन्त्रमा कानुनी शासन र मानव अधिकार भएन भने लोकतन्त्र नहुने उनले बताए।

‘कानुनी राज्यको त कानूनी शासनको खिल्ली उडाइरहेको छ। मानव अधिकार आयोगका अध्यक्षज्यू यहीँ हुनुहुन्छ, उहाँहरुले दिएका निर्देशन सरकारले पालना गर्नुपर्दैन, गरेको छैन। त्यस्तो अवसथाबाट हामी जाँदैछौं,’ उनले भने।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np