Global Force Media

२०८१ बैशाख २१ - Fri May, 2024 -

निर्दोषलाई उजुरी मागेर फसाउने र आफ्नो मान्छेलाई जोगाउने काम भयो : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार छानबिनका नाममा आफ्नो मान्छेलाई जोगाउने काम भएको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा लामिछानेले ललिता निवास, भुटानी शरणार्थी प्रकरणको छानबिनमा आफ्नो मान्छेलाई जोगाउने काम भएको बताएका हुन् ।

उनले निर्दोष व्यक्तिविरुद्ध भने उजुरी मागेर फसाउने तर वरपरका मान्छेलाई नछुने काम भएको जिकिर गरे । उनले नेपाली जनताले भोग्नुपरेको पीडा कसैको सत्ता टिकाउनका लागि आधार बन्न नहुने धारणा राखे ।

सरकारले भ्रष्टाचारको फाइल खोल्ने भए रास्वपाका मान्छेहरुको फाइल खोल्न उनले चूनौति दिए । त्यस्तै सभापति लामिछानेले बालकुमारी घटनामा सरकारी आयोगले दोषी ठहर गरेका व्यक्तिलाई कारवाही गर्न माग गरे ।

बालकुमारी घटना सामान्य नभएको भन्दै उनले प्रतिवेदनले दिएका निष्कर्षलाई सरकारले कसरी कार्यान्वयन गर्छ भनेर रास्वपाले हेरिरहेको बताए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np