Global Force Media

२०८१ बैशाख २९ - Sat May, 2024 -

बालुवाटार पुगेर ईः ले बुझाए प्रधानमन्त्रीलाई मागपत्र

७ फागुन, काठमाडौं । सडक व्यवसाय र अनौपचारिक क्षेत्र व्यवस्थापनका लागि दबाब दिन लुम्बिनी–सिंहदरबार पैदलयात्रा गरेका सामाजिक अभियन्ता ईः सहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको छ ।

पैदलयात्राको ९ औं दिन ईः सहितको टोलीले कलंकीदेखि सिंदरबारसम्म पैदलयात्रा गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाउने कार्यक्रम थियो ।

तर, सोमबार प्रजातन्त्र दिवसको बिदा परेकाले उनीहरुलाई बालुवाटार बोलाइएको थियो । त्यसपछि प्रहरीले ईः, सौरभ न्यौपाने (चाउ), युजनराज भण्डारी, रक्षा बम, सुजन गिरी लगायतलाई बालुवाटार लगेको थियो ।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर ईःले पाँच पृष्ठको मागपत्र सुनाएका थिए । त्यसमा सडक व्यापारको वस्तुगत अवस्था, तहगत सरकारको संवैधानिक, कानुनी र नीतिगत वाचा, सरकारले लिनुपर्ने ठोस पहलबारे आफूहरुको माग, तत्कालीन, दिगो समाधानका विषय लगायत उल्लेख गरिएको थियो ।

मागपत्र सुनेपछि प्रधानमन्त्री प्रचण्डले आफू मागप्रति सकारात्मक रहेको बताएका ईःले जानकारी दिए ।

‘हामीले सार्वजनिक रुपमै पनि भन्दै आएका थियौं – मूलधारका सबै पार्टी समाजवादी । सरकार पनि यही वर्गका लागि भनेर सशस्त्र संघर्ष गरेको पार्टीको छ, अहिले आएर यो वर्गलाई वेवास्ता गर्ने हो भने संविधान कसरी बलियो हुन्छ, पार्टी कसरी बलियो हुन्छ भनेर नैतिक प्रश्न गर्‍यौं’, ईःले अनलाइनखबरसँग भने, ‘त्यसक्रममा उहाँले केही समयमा महसुस हुने गरी परिवर्तन पाउनुहुन्छ भन्ने आश्वसन दिनुभयो ।’

अभियन्ता ईः ले २८ माघमा लुम्बिनीबाट पैदलयात्रा थालेका थिए । यसअघि उनले सडक व्यवसायीबारे चुनाव अघि गरेको वाचा पूरा गरिदिन भन्दै काठमाडौं र ललितपुर महानगर अगाडि पनि उभिएर विरोध प्रदर्शन गरेका थिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np