Global Force Media

२०८१ बैशाख २१ - Fri May, 2024 -

प्रधानमन्त्रीलाई भेटेर शर्माको टोलीले भन्यो- बालुवाटारको भवन एनआरएनएलाई दिने निर्णय गरियोस्

काठमाडौँ- गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष राजेन्द्रकुमार शर्मा(आरके) नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ ।

शर्माको नेतृत्वमा रहेको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेट्दै गैरआवासीय नागरिकताको अधिकार दिने नियम छिटो ल्याउन र गैरआवासीय नेपाली संघको भवनलाई सरकारले प्रक्रिया अनुसार लिजमा एनआरएनएलाई दिन आग्रह गरेको हो

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा गैरआवासीय नागरिकता पाउने व्यवस्था भएपनि नागरिकता अनुसार पाउनुपर्ने अधिकार नपाएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको अध्यक्ष आरके शर्माले जानकारी दिए ।

‘अदालतको फैसलालाई सम्मान गर्दै अहिले एनआरएनए रहेको मुख्यालय लिजमा अन्य कानुनी आधारबाट एनआरएनएलाई प्रयोग गर्न दिने व्यवस्था मिलाउन सम्माननीय प्रधानमन्त्रीलाई अनुरोध गरेका छौँ’ शर्माले भेटपछि भने ‘सम्माननीय प्रधानमन्त्रीज्यूले नागरिकतामा पाउने अधिकारहरूको विषयमा छिट्टै कानुनी व्यवस्था हुने र नियमअनुसार भवनको विषयमा निर्णय हुने आश्वासन दियो ।’

प्रधानमन्त्री प्रचण्डसँग भेटमा एनआरएनएका निवर्तमान अध्यक्ष कुल आचार्यले गैरआवासीय नागरिकता पाएपछि पाउनुपर्ने अधिकार नपाएको हुँदा विभिन्न समस्या भोग्नु परेको हुँदा यसलाई सहजीकरण गर्न आग्रह गरेका थिए । आचार्य गैरआवासीय नागरिकताका बारेमा सबैभन्दा सकृय अभियन्ताका रूपमा चिनिन्छन् ।

भेटमा एनआरएनए उपाध्यक्ष गंगाधर गौतमले एनआरएनएको भवनको लागि जग्गा किन्नेहरू दोषी रहेको भन्दै उनीहरूलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने र सरकारले विशेष निर्णय गरेर केही समयको लागि भवन एनआरएनएलाई दिनुपर्ने बताए । उनले आफुहरू योविरुद्ध अदालतमा जाने पक्षमा नरहेको जानकारी पनि प्रधानमन्त्रीलाई दिए ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा एनआरएनए निवर्तमान उपाध्यक्ष एवं अभियन्ता डिबी क्षेत्री, उपाध्यक्ष खगेन्द्र न्यौपाने, एनआरएनएका सल्लाहकार शनि कुमार ओली, जनसम्पर्क सभापति अमेरिकाका सभापति आनन्द विष्ट, एनआरएनए अभियन्ताहरू रोशन केसी, भवानी पन्तलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np