Global Force Media

२०८१ बैशाख १५ - Sat Apr, 2024 -

सेना र अदालतबारे नकारात्मक टिप्पणी भएको भन्दै रक्षामन्त्री रुष्ट

काठमाडौं । सरकार, सेना र अदालतबारे नकारात्मक टिप्पणी भएको भन्दै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का रुष्ट भएका छन् ।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले पछिल्लो सरकारी निकायहरुको सम्बन्धमा नकारात्मक टिप्पणी गर्नेहरु बढेको बताए ।

‘पछिल्ला दिनहरुका सरकार, सेना र अदालतप्रति नकारात्मक भाष्यहरु सम्प्रेषण गर्ने प्रवृति केही बढेको छ’ उनले भने, ‘सरकार, सेना र अदालतलाई आक्रमण गरेर, तथ्यहीन सूचना र समाचार सम्पेषण गरेर मात्र विकास हुने होइन जस्तो लाग्दछ ।’ तर, आफूले सरकारी निकायमा समस्या नरहेको भनी जिकिर नगरेको पनि उनले बताए ।

‘…सरकार सेना र अदालतमा कुनै पनि समस्या नै छेन भन्ने मेरो जिकिर पनि होइन । तर, यी संस्थाहरु हामी सबै नागरिका साझा सम्पति हुन्’ रक्षामन्त्री खड्काले भने, ‘सरकारी निकायमा रहेका कमिकजोरी सुधार्न नागरिकका रचनात्मक भूमिका जरुरी पनि हुछ । यसका विषयमा सरकार सचेत छ ।’

सरकारी निकायमा भएको कमिकमजोरी सुधार्दै जाने र तथ्यहिन आरोपहरुलाई तथ्य र प्रमाणले चिर्दै जाने कुरामा सरकार क्रियाशिल रहेको पनि उनले बताए ।अनुशासित र नैतिकवान नागरिक र ति नागरिकबाट हुने क्रियाकलापले मात्र समाज सभ्य र सुसंस्कृत हुने उनको भनाइ छ ।

उनले भने, ‘राष्ट्रिय गौरव, लोकतन्त्र र जनपक्षता, श्रमको सम्मान, उद्यमशिलता, अनुशासन, मर्यादा र सहिष्णुतामा आधारित सामाजिक र सांस्कृतिक मूल्यहरुको विकास गर्दै सामाजिक सद्भाव, एकेवद्धता र सामञ्जस्यता कायम गरी राष्ट्रिय एकता सुदृढ गर्ने राज्यको सामाजिक र सांस्कृतिक उदेश्य हो ।’

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np