Global Force Media

२०८१ बैशाख १६ - Sun Apr, 2024 -

कांग्रेसले गृहमन्त्री लामिछाने माथि प्रश्न उठायो

३० फागुन, काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई गृहमन्त्री बनाइएको भन्दै प्रश्न उठाएको छ ।

प्रतिनिधि सभाको बैठकमा सचेतक सुशीला थिङले गृहमन्त्री लामिछानेको योग्यतामा प्रश्न उठाएकी हुन् ।

प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरु आ–आफ्नो स्थानबाट उठेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सचेतक सुशीला थिङलाई बोल्ने समय दिएका थिए ।

उनले उथलपुथल ल्याउँछु भन्ने प्रधानमन्त्री प्रचण्डले सहकारी ठगीमा मुछिएका व्यक्तिलाई गृहमन्त्री नियुक्त गरेको भन्दै आलोचना गरिन् । उनले भनिन्, ‘उहाँले (प्रधानमन्त्री प्रचण्ड) ले कसरी मन्त्रीहरु ल्याउनु भएछ भने सहकारी ठगीमा जोडिएका, पोखरा महानगरपालिकाले प्रतिवेदन दिएर अनुसन्धानमा रहेकालाई गृहमन्त्रीमा ल्याउनु भएछ, साँच्चिकै उहाँले उथलपुथल गरेर ल्याउनु भएछ ।’

सत्ता गठबन्धन फेरबदल हुँदा प्रधानमन्त्री प्रचण्डले एमाले र रास्वपालाई समेत समेटेर मन्त्रीमण्डल गठन गरेका थिए । प्रधानमन्त्री प्रचण्डले रास्वपा सभापति लामिछाने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नियुक्त गरेका थिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np