Global Force Media

२०८१ बैशाख १५ - Sat Apr, 2024 -

विश्वासको मत पाएपछि प्रधानमन्त्रीले भने – देश र जनताप्रति थप जिम्मेवारीबोध भएको छ

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा विश्वासको मत पाएसँगै देश र जनताप्रति थप जिम्मेवारी बोध भएको बताएका छन् ।

विश्वासको मत प्राप्त गरेपछि बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गदै प्रचण्डले राष्ट्र र जनताको पक्षमा राम्रा काम तीव्र गतिमा गर्ने जिम्मेवारीलाई गम्भीरतापूर्वक पूरा गर्ने समेत बताए ।

यसअघि पनि विश्वासको मत दिएको भन्दै उनले नयाँ राजनीतिक समीकरणसहित विश्वासको मत पाउँदाको अनुभव अझ बढी लोकतान्त्रिक ढंगले सजीव रहेको जिकिर गरे ।

उनले आफूप्रति भरोसा गरेर मत दिनेलाई धन्यवाद दिँदै विपक्षमा मत दिएर सरकारले राम्रो काम गरोस् भन्नेलाई पनि धन्यवाद दिए ।

उनले बुधबार प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेका हुन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np