Global Force Media

२०८१ बैशाख १६ - Sun Apr, 2024 -

जिल्ला न्यायिक समिति मञ्चको संयोजकमा उप मेयर : दिपक विश्वकर्मा चयन

जिल्ला स्तरीय न्यायिक समितिको अध्यक्षमा नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्मा चयन हुनुभएको छ।जिल्ला स्थित सबै स्थानीय सरकारको न्यायिक समितिका पदाधिकारीको भेलाले विश्वकर्माको अध्यक्षतामा जिल्ला स्तरीय न्यायिक समिति मञ्चको गठन गरीएको हो।सबै स्थानीय सरकारको न्यायिक समितिका संयोजकहरु सदस्य रहने गरी जिल्ला स्तरीय न्यायिक समिति मन्च गठन गरीएको हो ।

भेलाले विभिन्न ७ वटा निर्णय समेत गरेको छ । भेलाले जिल्ला स्थित सबै स्थानीय सरकारहरुको न्यायिक समितिबाट हुने न्यायिक निरुपणका कार्यहरुमा एकरुपता हुने गरी निर्देशिका बनाई थप व्यवस्थित गर्ने निर्णय गरेको छ । यसैगरी जिल्ला स्थित स्थानीय न्यायिक समितिहरुबाट भएका कार्य तथा असल अभ्यासको आदान प्रदान गर्ने,न्यायिक समितिबाट हुने कार्यहरुमा सहजिकरण गर्ने,जिल्लाका न्यायिक समितिका पदाधिकारीहरुको बैठक कम्तिमा २ महिनामा १ पटक बस्ने गर्ने निर्णय गरेको छ।

भेलाले जिल्लाका स्थानीय सरकारका न्यायिक समितिका पदाधिकारीहरुको आगामी बैठक २०८० साल बैशाख महिनामा धुनीवेशी नगरपालिकामा आयोजन गर्ने र सो भन्दा पछि बस्ने बैठक त्रिपुरासुन्दरी गाउँपालिकामा गर्ने निर्णय गरीएको छ।भेलाले आगामी बैठकमा न्यायिक समितिबाट कार्य सम्पदान गर्दा दुुविधा वा अप्ठेरो परेको विषय तथा असल अभ्यासहरु सम्बन्धमा सिकाई आदान प्रदान गर्ने समेत निर्णय गरेको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np