माओवादी केन्द्रका नेता महरालाई ४ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ- सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
नेकपा (माओवादी केन्द्र) का नेता समेत रहेका महरालाई सुन प्रकरणमा अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो । साेमबार बिहान रोल्पा जान लागेका महरा कपिलवस्तुबाट पक्राउ परेका थिए ।
सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेपछि गृहमन्त्री रवि लामिछानेले कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका थिए ।