Global Force Media

२०८१ असार २९ - Sat Jul, 2024 -

सुन तस्करी प्रकरणः अनुसन्धान प्रतिवेदनमा कमजोरी देखिएको भन्दै गृहले बनायो अर्को समिति

काठमाडौं – गृह मन्त्रालयले सुन तस्करी जाँचबुझ आयोगले दिएको प्रतिवेदनमा कमजोरी देखिएको भन्दै अर्को समिति गठन गरेको छ । ६० किलो सुन तस्करी र भेपमार्फत भएको सुन तस्करीको अनुसन्धानमा कमजोरी देखिएपछि गृह मन्त्रालयले छानबिन समिति बनाएको हो ।

समितिमा प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकाल र गृह मन्त्रालयलकै अर्का उपसचिव रामबहादुर शाही सदस्य छन् ।

आयोगका अध्यक्ष डिल्लीराज आचार्यले चैत १ मा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई छानबिन प्रतिवेदन बुझाएका थिए ।

सुन तस्करी प्रकरणको अनुसन्धानमा लापारबाही गरेको प्रतिवेदन आयोगले दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख एआईजी किरण बज्राचार्य र दुई डीएसपीलाई त्यहाँबाट हटाइएको थियो ।

उनीहरूमाथि थप कारबाही गर्न मन्त्रालयले कानुन महाशाखाका सहसचिव भरतमणि रिजालको नेतृत्वमा तीन सदस्यीय समिति बनाएको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगले सिफारिस गरेकै प्रतिवेदनलाई थप ‘भेरिफाई’ गर्न समिति बनाइएको हो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np